समाचार

लुम्बिनीका चार वटै कोरोना अस्पतालमा निःशुल्क उपचार यथावत : मुख्यमन्त्री पोखरेल

shankhar pokhrel

४ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशमामा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ ।

मुख्यमन्त्री शंकर पाेख्रेलले फेसबुकमा स्टास राख्दै लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जानकारी दिएका छन् ।

उनले फेसबुकमा स्टाटसमा लेखेका छन ‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।’

लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको छ ।

Posted by Shankar Pokhrel on Monday, October 19, 2020

यस्तै प्रदेश नं. १ सरकारले पनि कोरोनाका विरामीको उपचार खर्च प्रदेश सरकारले नै गर्ने उल्लेख गरेको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिएका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको बताएका थिए । उनले आर्थिक रुपले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरुलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीबाहेक अन्य सबै किसिमका व्यक्तिको कोरोना परीक्षण र उपचार व्यक्तिको आफ्नै खर्चमा गर्नुपर्ने निर्णय भएको बताएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *