
४ कात्तिक, काठमाडौं । दशैंको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् ।
कात्तिक ७ गते फूलपातीदेखि कात्तिक ११ गते (टिकाको भोलिपल्ट) सम्म बैंकका शाखाहरु बन्द हुने छन् । यसअघि बैंकहरुले ३६५ दिने काउन्टरबाट सेवा दिँदै आएका थिए। निश्चित अवधिका लागि दसैं बिदाका बेला पनि शाखा खुल्थ्यो ।
संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ३ हजार ७ सयभन्दा बढी कर्मचारी संक्रमित छन् । संघले डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ । साथै एटीएम पनि सञ्चालन हुनेछ ।
संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस