राजनीति

जसपाद्वारा केन्द्रीय समिति विस्तार

jasapa

४ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाएको छ । यसअघि केन्द्रीय समितिको संख्या ७०१ रहेकोमा जसपाले विधान संशोधन गरेर ८०१ सदस्सीय बनाइएको हो ।

आज बसेको कार्यकारिणी समितिको बैठकले विधान संशोधन गरी सो संख्या थपेको  कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले  बताए । विधान संशोधन प्रस्ताव सर्वसमितले पारित गरेको पनि उनको भनाइ छ ।

वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको थियो । दुवै पार्टीलाई समायोजन गर्नका लागि आ–आफ्ना तर्फबाट केन्द्रीय सदस्यको नामावली दिँदा आवश्यकताभन्दा बढी नाम आएकाले केन्द्रीय समितिको संख्या बढाउन विधान संशोधन प्रस्ताव बैठकमा पेश भएको थियो ।

त्यस्तै, अनुशासनसम्बन्धी प्रावधानमा पनि संशोधन भएको छ । अनुशासन उल्लघंन भएमा त्यसबारेमा संगठन विभागले पनि अनुसन्धान गर्ने प्रावधान विधानमा थपिएको स्रोतले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस