समाचार

बुढानीलकण्ठबाट नगदसहित सुनको औंठी र मोबाइल लुटपाट गर्ने २ जना पक्राउ

arrest

४ कात्तिक, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१० कपन जुगल स्कुल नजिकबाट सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-१३ भङ्गाल बस्ने संखुवासभा घर भएका २१ वर्षीय सनिष राई र सोही ठाउँ बस्ने खोटाङ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।

उक्त स्कुल नजिकबाट बूढानिलकण्ठ नगरपालिका-१० कपनस्थित दुर्गा मन्दिर नजिक डेरा गरी बस्ने उदयपुर बलम्पा गाउँपालिका-५  घर भएका एक पुरुषको औंठी, मोबाइल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटेको प्रहरीले जनाएको छ ।

लुटेर फरार भएका उनीहरूमध्ये दुईजनालाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । लुटपाटमा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस