
४ कात्तिक, सुर्खेत । सडकमा रोकेर राखिएको टिप्परमा बस ठोक्किँदा दैलेखमा आज दिउँसो एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन् ।
सुर्खेतबाट दैलेखको जम्भुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वरमा टिप्परसँग ठोक्किँदा बस चालक ललित नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जाकारी दिए ।
उनका अनुसार दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस