४ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारका माग राख्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
२७ दिनसम्म अनसन बसेका केसी त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना भएका थिए । केसी एक साता लामो उपचारपछि घर फर्केको उनका सहयोगी प्रितम सुवेदीले बताए ।
असोज २५ गते सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका थिए । केसीले जुम्ला पुगेर अनसन थालेका थिए । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि केसीलाई काठमाडौं ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस