
४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३ हजार ९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । संक्रमितमध्ये ९६ हजार ६०९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७६५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस