समाचार

काठमाडौं उपत्यकामा थपिए १७ सय दुईजना कोरोना संक्रमित

kathmandu valley

४ कात्तिक, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १७ सय दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १७ सय दुईजनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा  १४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, मंगलबार नेपालमा थप ३ हजार ९३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस