समाचार

दुई लाख बढीले शुल्क तिरेर गरे कोरोना परीक्षण

covid 19 swab test

४ कात्तिक, काठमाडौं । सरकारले कोरोना परीक्षण नि:शूल्क गरिएको दावी गरिरहेको समयमा पनि दुई लाखभन्दा बढी व्यक्तिहरुले शुल्क तिरेर कोरोना परीक्षण गरिएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल आफैंले २ लाखभन्दा बढी व्यक्तिहरुले शुल्क तिरेर कोरोना परीक्षण गराएको तथ्यांक सार्वजनिक गरेका हुन् । हालसम्म कुल परीक्षण गर्नेको संख्या भने १३ लाख १४ हजार ७ सय ७९ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर ४१ वटा सरकारी र २१ वटा निजी प्रयोगशालाहरूले कोरोनाको पिसिआर परीक्षण गर्दै आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस