अटो

सामसङ दशैं योजनाको पहिलो लक्की ड्र विजेता घोषणा

samsung offer

४ कात्तिक, काठमाडौं । सामसङले दशैं लक्षित ल्याएको “बडा दशैं, बिग धमाका” योजनाको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो ।

बिग धमाका अफर अन्तर्गत ग्राहकले बम्पर बिग धमाकामा रेनल्ट डस्टर गाडी, साप्ताहिक बिग धमाका अन्तर्गत ५ वटा होण्डा हर्नेट १६० आर तथा १० वटा ग्यालेक्सी नोट २० प्राप्त हुने छ ।

पहिलो ‘साप्ताहिक‘बिग धमाका‘ अन्तर्गतको होन्डा हर्नेट १६० आर आँबुखैरेनी निवासी कल्पना थापाले प्राप्त गरेकी छिन् । पहिलो ‘साप्ताहिक बिग धमाका’ अन्तर्गत ग्यालेक्सी नोट२० प्राप्त गर्नेहरुमा दमौलीकी मेनुका थापा, गोरखाका राजन भट्टराइ रहेका छन् । यो योजना असोज १६ गते देखिमंसिर २ गते सम्म रहने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस