
४ कात्तिक, दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले नगरवासीको कोरोना परीक्षण र उपचार निशुल्क गर्ने र्निणय गरेको छ ।
नगर कार्यपालिको आजको ५९ औ बैठकले कोरोनाको लक्षण देखा परेका आफ्ना नगरवासीको पिसिआर परीक्षण गराउनाका साथै सङ्क्रमण पुष्टि भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको नगरापलिकाका प्रवक्ता हरिवंश चौलागाईले जानकारी दिए ।
नगरपालिकाले नागरिकको उपचारको लागि विपद् व्यवस्थापन कोषको रकम प्रयोग गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस