समाचार

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

road accident

४ कात्तिक, काठमाडौं । आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिकाको जम्बुकाँध जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ  भने १४ जना घाइते भएका छन् ।

सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएकोे दैलेख प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका ललित नेपाली रहेको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । बसको ब्रेकफेल भएर सडक किनारामा रोकिएको टिप्परमा ठोकिएर सो दुर्घटना भएको थियो ।

यस्तै गुराँस गाउँपालिका–२ बान्द्रे भन्ने स्थानमा टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तल्लो डुंगेश्वरदेखि माथिल्लो डुंगेश्वर आउँदै गरेको बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *