समाचार

गण्डकीमा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो

pcr test lab

४ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ८७ जना पुगेको छ । मङ्गलबार मात्रै प्रदेशमा १२७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं २२ का ४४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा आज निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

कात्तिक ३ गते कोरोना पुष्टि भएका निजमा कोरोना सहित निमोनिया र श्वासप्रस्वास सम्बन्धी समस्या रहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस