
५ कात्तिक, काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई काेराेना पोजिटिभ देखिएको कुरा उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।
केही लक्षण देखिए पनि आफ्नाे स्वास्थ्य सामान्य रहेकाे उनले बताएका छन् । चिकित्सकको सल्लाहबमाेजिम उनी अहिले घरमै आइसोलेनमामा बसेका छन् ।
पाँच दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन पनि अध्यक्ष चाैधरीले आग्रह गरेका छन् ।
Dear family and friends – I have tested positive for Covid-19. Although I have some symptoms, but I’m fine. On Doctors advice, I have isolated myself home. Whoever came in contact with me in last five days, please consult your doctor snd take all possible precautions. Regards !!
— Basant Chaudhary (@basant_cg) October 21, 2020