समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

clear weather

५ कात्तिक, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय रहेको छैन । अहिले देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ ।

बुधबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार पनि प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिमम  प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

शुक्रवार भने देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस