
५ कात्तिक, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ८ सयले बढेर तोलाको ९५ हजार ५ सयमा कायम भएको छ ।
अघिल्लो दिन सुन ९४ हजार ५ सयमा कारोबार भएको थियो । यसैगरी छापावाल सुनको तोलामा ९५ हजार रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने बुधबार रु ३० ले बढेर १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस