समाचार

धनगढी प्रहरी हत्या प्रकरण : हत्यामा संलग्न थप १ जना पक्राउ

police death body

५ कात्तिक, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले गत शनिबार धनगढीमा भएको प्रहरी हत्या प्रकरणमा थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमानगरपालिका–१० का २० वर्षीय रोहित राना (ख) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

उनले प्रारम्भिक जानकारी अनुसार १० जनाको समुह हत्यामा संलग्न भएको सूचना रहेको र फरार रहेकालाई खोजी कार्य भइरहेको जानकारी दिए । कैलाली प्रहरीले मंगलबार हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको गरिसकेको छ ।

धनगढी उपमहानगरपालिका–१० स्थित अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्ती गएका प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

हत्यामा संलग्नमा धनगढी उपमहानगरपालिका १० बस्ने ३१ वर्षीय रोहित राना, सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय दलराम राना र वडा नम्बर ११ का २५ वर्षीय रामगोपाल राना रहेको कैलाली प्रहरी प्रमुख एसपी दिलिपसिंह देउवाले बताए ।

ड्युटीका क्रममा दशगजा क्षेत्र पुगेका बेला विकलाई अज्ञात समूहले दशगजामै घाँटी रेटेर हत्या गरको थियो । बिकको शव आइतबार बिहान मोहना नदीमा फेला परेको थियो भने घटनापश्चात् बिकसँगै रहेका प्रहरी जवान साउदको शव मोहना नदीको किनारमा गाडिएको अवस्थामा मङ्गलबार फेला परेको थियो ।

अवैध सामानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनावद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस