बैँक / वित्त

सिटिजन्स बैंकसँग नेप्सेले माग्यो स्पष्टीकरण

citizens bank

५ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिटिजन्स बैंकसँग स्पष्टिकरण मागेको छ । बैंकले मूल्य सम्वेदनशिल सूचना समयमै जानकारी नगराएपछि स्पष्टिकरण माग गरिएको नेप्सेले जनाएको छ ।

बैंकले लाभांश घोषणा सम्बन्धी सूचना सेयर कारोबार चलिरहेको समयमा बुझाएको, सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नगरी पत्र पठाएको लगायत विषयमा सिटिजन्ससँग ३ कार्यदिन भित्र स्पष्टिकरण मागेको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) घ अनुसार धितोपत्र मूल्यमा असर पर्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट जानकारी गराउनुपर्ने व्यवस्था छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस