
५ कात्तिक, काठमाडौं । ५ वर्षअघिको भूकम्पले क्षति पुर्याएको ऐतिहासिक रानीपोखरी पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् ।
मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो । यसैबीच उनले दरबार हाइस्कुलको उद्घाटन गरेकी छन् । दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो ।
विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।
प्रतिक्रिया दिनुहोस