समाचार

दशैं बिदामा पनि आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु खुल्ने

Rastriya manab adhikar aayog

५ कात्तिक, काठमाडौं । दशैं विदामा पनि राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु खुल्ने भएका छन् ।

मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि दशैं बिदामा १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहनेछन् । साथै, आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यसैगरी आयोगको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन सहसचिव टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस