समाचार

राष्ट्रिय सभा अध्यक्ष र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

Ganesh Prasad Timilsena

५ कात्तिक, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ । यस्तै कोभिडको विषम् परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमा समेत कुराकानी भएको छ ।

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकता साझेदार राष्ट्रको सूचीमा नेपालसमेत परेको भन्दै कृतज्ञता व्यक्त गरे । नेपालको सामाजिक आर्थिक विकासको क्षेत्रमा दक्षिण कोरियाले निरन्तर सहयोग गरेको र आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

नेपालको सामाजिक आर्थिक विकासको क्षेत्रमा दक्षिण कोरियाले निरन्तर सहयोग गरेको र आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । नेपालको ईपीएस प्रणालीमा सहभागिताले नेपाली युवाहरुको बलियो अर्थोपार्जनको सुनिश्चितता गर्दै दुवै देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको महसुस भएको पनि अध्यक्ष तिमिल्सिनाले बताए ।

भेटवार्तामा राजदूत योङसिकले भने नेपालले लामो समय कोरियाका लागि राजदूत नियुक्त नगर्दा कतै नेपालको प्राथमिकतामा कोरिया नपरेको हो कि भन्दै चासो व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सधैं नेपालको प्राथमिकतामा रहेको बताए ।

राजदूत नियुक्तिमा भएको ढिलाइप्रति सरकार सचेत रहेको भन्दै छिटै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस