
५ कात्तिक, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २६ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।
यस्तै, बुधबार नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ भने संक्रमितमध्ये ९९ हजार ६०५ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस