समाचार

भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख काठमाडौंमा

samant goel

५ कात्तिक, काठमाडौं । भारतीय जासूसी संस्था रिसर्च एन्ड एनालाईसिस विङ्स (रअ) का प्रमुख  सामन्थ गोयल काठमाडौं आइपुगेका छन् । राष्ट्रिय अनुसन्धान विभागका अनुसार गोयल बुधबार दिउँसो चार्टर्ड विमानमार्फत् काठमाडौं आइपुगेका हुन् ।

उनी ८ घन्टा काठमाडौंमा रहने र राति ९ बजे फर्किने पनि राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनको यो औपचारिक भ्रमण भने होइन । उनी व्यक्तिगत वा धार्मिक भ्रमण आएको हुनसक्ने बताइएको छ ।

भारतका सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि अर्को सुरक्षा संस्थाका प्रमुख गोयलको नेपाल भ्रमणको मुख्य एजेन्डाबारे कुनै जानकारी गराइएको छैन ।

गोयलको नेपाल भ्रमण सम्बन्धमा नेपाली सेना र परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नै नभएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस