समाचार

बारामा गोली चल्यो, एक घाइते

gun fire

५ कात्तिक, वीरगञ्ज । बारामा प्रहरीले गोली चलाएको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ ।

गोली लागेर ढलेपछि नियन्त्रणमा लिई प्रहरीले सिम्रौनगढको कंकाली पोलिक्लिनिकमा उपचार गराएको छ । उनको अवस्था सामान्य रहेको र उनको साथबाट पेस्तोल र त्यसमा लोड भएको ४ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस