अटो

निशान म्यागनाइट एसयूभी अब नेपाली बजारमा, स्पोर्टी लुक्ससहित यस्ता छन् विशेषता

Nissan Magnite

५ कात्तिक, काठमाडौं । निशान मोटर्सको बहुप्रतिक्षित “बिग, बोल्ड, ब्युटिफुल” बि–एस.यु.भि. म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरुपमा सार्वजनिक भएको छ । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्व तयारी सुरु गरेको छ ।

यो “बिग, बोल्ड, ब्युटिफुल” एस.यु.भि.मा स्पोर्टी लुक्स सहित एल.ई.डी. हेडल्याम्प, एल.ई.डी. डी.आर.एल., फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् । निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो । भने, अर्काे टर्बाेचाज्र्ड इञ्जिन हुनेछ ।

निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टि.एफ.टि. ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३ सय ६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।

विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएको छ । नेपाली बजारमा भित्रिने यस एस.यु.भि.को मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस