समाचार

कोरोना संक्रमित कांग्रेस नेता मगरको निधन

tej bahadur pun magar

५ कात्तिक, डोटी । कोभिड–१९ को संक्रमणमा परेका नेपाली कांग्रेसका नेता तेजबहादुर पुन मगरको आज मृत्यु भएको छ । केआई सिंह गाउँपालिका–४ पूर्वीया बगरमा घर भएका ५० वर्षीय मगर केही दिन पहिले बिरामी भएपछि उपचारका लाागि कैलाली गएका थिए ।

उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार निमोनियासहित कोरोना संक्रमित  मगरको उपचारकै क्रममा मृत्यु भएको हो ।

उनी काँग्रेस डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहेका थिए। उनका दुई छोरा र एक श्रीमती छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस