समाचार

प्रदेश-२ ले पनि कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

covid 19 swab test

५ कात्तिक, काठमाडौं । प्रदेश दुई सरकारले कोरोना संक्रमितको सम्पूर्ण उपचार खर्च तिर्ने भएको छ।

संघीय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने भएपछि प्रदेश सरकारले प्रदेशमा रहेका सम्पूर्ण संक्रमितको उपचार खर्च र परीक्षण खर्च तिर्ने सामाजिक विकासमन्त्री नवल किशोर साहले बताए ।

मन्त्री साहले अहिले प्रदेशको विभिन्न जिल्लामा आठ वटा पिसिआर मेसिन मार्फत कोरोनाको परीक्षण भईरहेको जानकारी दिए । प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनको लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिईसकेको सामाजिक विकास मन्त्री साहले जानकारी दिए ।

यसअघि गण्डकी प्रदेश, प्रदेश १ सरकार र लुम्बिनी प्रदेशले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने जानकारी गराइसकेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस