समाचार

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

nepal air taplejung

५ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो ।

नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौंदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङदे सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए । यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले आज सीमित यात्रु ल्याएको हो ।

काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८ सय ४० रुपैया तोकिएको छ भने ताप्लेजुङदेखि काठमाडौंका भाडा  ६ हजार ७ सय ४० रुपैया तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस