
६ कात्तिक, काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफबाट लाभांश दिने भएको छ । बैंकको कात्तिक ५ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्तााव गरेको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस