समाचार

महिला सहकारी सदस्यका खसीबोका कारोवार

goat

६ कात्तिक, दाङ । बडादशैँलाई लक्ष्य दाङको लमही नगरपालिकाबाट मात्रै दुई हजार खसीबोका जिल्ला बाहिर बिक्री भएका छन् । लमही नगरपालिकामा रहेका चार सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध किसानले यस वर्ष मात्रै दुई हजारभन्दा बढी खसीबोका सहकारीमार्फत बिक्री गरेका हुन् ।

महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मात्रै आठ सय खसीबोका खरीद गरेको छ । थप दुई सय खसीबोका खरीद गरेर काठमाडौं पठाउने योजना  छ ।

दाङबाट यस वर्ष एक हजार खसीबोका खरीद गरेर काठमाडौं पठाउने योजनानुसार अहिलेसम्म आठ सय खसीबोका खरीद गरिएको खाद्य कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । शुरुमा छ सय खसीबोका खरीद गर्ने कार्यक्रम आए पनि पछि थप चार सय खसीबोका खरीद गर्ने जिम्मेवारी आएको कम्पनीले जनाएको छ ।

प्रतिकिलो जिउँदो खसी रु ५३० देखि रु ५५० मा कम्पनीले किन्ने गरेको छ । सहकारी संस्थाले किसानबाट प्रतिकिलो रु ५३० सम्ममा किन्ने गरेको छ । सहकारीले लिने सेवा शुल्क किसानलाई कार्यक्रममार्फत फर्काउने गरेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले जानकारी दिइन् । सहकारीमार्फत कारोवार गर्दा सुरक्षित र उचित मूल्य पाउने भएकाले यस वर्ष कारोवार बढेको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस