६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप १५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडाैंमा १२ सय ८३ जना, ललितपुरमा एक सय ५७ जना र भक्तपुरमा एक सय १२ जना जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै, बिहीबार देशभर तीन हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने तीन हजार दुई सय १५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस