
६ कात्तिक, काठमाडौं । बिहीबार देशभर थप ३६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरेकोमा थप ३६ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।
त्यस्तै आज कोरोनालाई जितेर ३२ सय १५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार आठ सय २० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस