
६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा ६३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । थ
पिएका सङ्क्रमितमा मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा आठ, ताप्लेजुङमा छ, संखुवासभामा तीन, खोटाङ र धनकुटामा एकाएक र प्रदेश बाहिरका १६ जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज सङ्क्रमितमा १९७ जना महिला र ४४० जना पुरुष छन् । प्रदेशमा आज ४१८ जनासहित छ हजार ६२५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस