समाचार

तीन मुलुकका लागि राजदूत नियुक्त

Bidhya Bhandari president

६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि आज परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र सङ्घीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस