
७ कात्तिक, वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते भएका एक जना नेकपा कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको छ ।
नेकपाको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको वीरगञ्ज पानीट्याङ्कीस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बिहिवार दिउँसो पर्साको बिन्दवासिनी गाउँपालिका ५ प्रसौनी भाटामा नेकपाका कार्यकर्ताबीच आपसी विवाद झडपमा परिणत भएपछि चौरसिया गम्भीर घाइते भएका थिए ।
प्रसौनी भाटामा नव गठित नेकपाको गाउँपालिका समितीको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । सोही विषयलाई लिएर नेकपाका कार्यकर्ताबीच बाटोमा नै झडप हुँदा चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो ।
यसैबीच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–३ का हनिश मिया,देवा सहनी र वडा नम्बर ५ प्रसौनीका शोकदिन गद्दी रहेको पर्सा प्रहरीले जनाएको छ ।