७ कात्तिक, काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि शुक्रबार दिउँसो हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले बताएका छन् ।
दाहालका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर केही समय अगाडी मात्र मुटुको अपरेसन गरेका कारण सचेतता अपनाएको दाहालले बताए ।
‘उहाँलाई सामान्य रुघाखोकीमात्र छ, अरु लक्षण देखिएको छैन, केही समयअघि मुटुको अपरेसन गरेका कारण गंगालालमा पठाइएको हो ।’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस