समाचार

काठमाडौं उपत्यकामा थपिए २७ सय २० जना कोरोना संक्रमित

kathmandu valley

७ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप २७ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, शुक्रबार देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *