समाचार

हिलोमा गाडिएको अवस्थामा जनकपुरमा एक महिलाको शव फेला

death body area

७ कात्तिक, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलाको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित पिडारी पश्चिमवारी टोल तर्फको सडकमा जमेको हिलोमा गाडिएको अवस्थामा पहिचान खुल्न नसकेको एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

जनकपुरबाट कुर्था जाने सडकखण्डमा जमेको हिलोमा मृत फेला परेकी महिलाको पहिचान खुल्न नसकेको प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए । मृत महिलाको घाँटीमा डाम देखिएको र नग्न अवस्थामा शव फेला परेकाले हत्या नै गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

उनले भने, ‘शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सत्य कुरा बाहिर आउने छ । अहिले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको राखिएको छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस