समाचार

लुम्बिनी प्रदेशसभाका सभामुख कोरोनामुक्त

purna bahadur gharti

७ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती दुई सातापछि आज कोरोना सङ्क्रमण मुक्त भएका छन् । उनलाई गत असोज २३ गते सङ्क्रमण पुष्टि भएको थियो ।

प्रदेशको स्थायी राजधानी र नामाकरणका विषयमा प्रदेशसभामा भएको छलफलका क्रममा प्रतिपक्षी दल नेपाली काँग्रेसबाट भएको विरोध र कुर्सी तोडफोडका क्रममा धेरैलाई सङ्क्रमण देखिएको मानिएको थियो । यसक्रममा सभामुख घर्ती, उपसभामुख कृष्णी थारु, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई पनि संक्रमण देखिएकाे थियो ।

त्यस्तै भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी, प्रदेशसभामा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधीराम न्यौपाने, प्रदेश सभामा लेखा समितिका सभापति डिल्ली चौधरी, प्रदेशसभा सदस्य अष्टभुजा पाठकलगायतलाई सङ्क्रमण देखिएको थियो । सङ्क्रमितमध्ये उपसभामुख थारु, आन्तरिक मामिलामन्त्री केसी, भौतिकमन्त्री चौधरी पनि कोरोनामुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस