समाचार

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

rape

८ कात्तिक, कपिलवस्तु । कपिलवस्तुमा एक युवतीमाथि सामूहिक बलात्कारको प्रयास भएको छ । शुद्धोधन गाँउपालिका ६ मा शुक्रवार साँझ बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार प्रयास भएको हो ।

बलात्कार प्रयास गरेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुद्धोधन गाँउपालिका कै २१ वर्षीय रोजन मुसलमान र निजको फुपुको छोरा २० वर्षीय कल्लु मुसलमान रहेका छन् । आफूलाई बचाउने प्रयासमा युवती गम्भीर घाइते भएको वडा अध्यक्ष बिजयबहादुर यादवले जानकारी गराए दिए ।

घाइते युवतीलाई उपचारका लागि तौलिहवा अस्पताल पुर्याइएको प्रहरीले बताएको छ । आरोपितहरुलाई गाउँलेहरुको सहयोगमा प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कपिलवस्तु प्रहरी प्रवक्ता डीएसपी धर्मबहादुर भण्डारीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *