समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

clear weather

८ कात्तिक, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन ।

अहिले प्रदेश १ मा आंशिकदेखि सामान्य बदली, प्रदेश २ तथा अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो भने प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यसैगरी, प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति प्रदेश १ मा सामान्य बदली तथा बागमती  प्रदेश र गण्डकी प्रदेशमा  आंशिक बदली रही अन्य भूभागमा  मौसम सामान्यतया सफा रहनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस