समाचार

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा पाँच महिने शिशुको मृत्यु

covid 19 dead

८ कात्तिक, धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । बालिका मस्तिष्कसम्बन्धी रोगबाट ग्रसित भएको डा. श्रेष्ठले जानकारी दिएका छन् ।

मृत्यु भएकी बालिकाको नियामानुसार शव व्यवस्थापन भइरहेको अस्पतालले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस