समाचार

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

covid 19 dead body

८ कात्तिक, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् ।

यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक÷एक जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए ।

“अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उनले भने, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।” शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

बिरामीको प्रभावकारी व्यवस्थापनका कारण सुदूरपश्चिममा मृत्युदर कम भएको जोशीको भनाइ छ । “प्रयोगशाला बढाएर सङ्क्रमण परीक्षणको दायरा बढाउँदै लगेका छौँ”, उनले भने । स्वाब परीक्षणा लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छ। अछाम र कञ्चनपुरमा समेत पीसीआर मेसिन जडानको तयारी रहेको जोशीले बताए ।

हाल सुदूरपश्चिममा एक सङ्क्रमितको अति सघन कक्षमा तथा दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन हजार पाँच सयभन्दा बढी २० वर्षदेखि २९ वर्ष उमेर समूहका सङ्क्रमित बढी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस