अर्थनीति

तिहार ढिला हुँदा खेर जाँदै सयपत्री फूल

hajari phool

८ कात्तिक, काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा यतिबेला किसानले लगाएको सयपत्री फूल फूलिसकेको छ । यस वर्ष अधिकमास परेका कारण दसैँ-तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेती गर्दै आएका छन् । तर यसपटक फूल फूल्ने समयभन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइपुग्दासम्म सयपत्री फूल सुकिसक्ने देखिएको छ ।

फूलको माग हुने समयमा फूल फूलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् । दसैंको समयमा फूल प्रयोग र बिक्री कम हुन्छ । काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले वर्षौंदेखि फूल खेती गर्दै आएका छन् । यस क्षेत्रका किसानले तिहार लक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ ।

दसैँमा फूलको प्रयोग कम हुने र तिहार सम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानी समते घट्ने भएको छ । अहिले फूल ढकमक्क फुलिसकेको छ र बढीम एक हप्ता सम्म मात्र बोटमा रहन सक्छ । टिपिसकेको फूल बढीमा तीन दिन मात्र रहन सक्छ । फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठेरो पनि किसानहरुलाई परेको छ । इचङ्गु क्षेत्रका किसानहरुले फूलको माला, फूलको गुच्छा र थुँगा विक्री गर्दै आएका छन् । अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले विक्री गरेका किसानले यो वर्ष ५ रुपैयाँले बेच्छु भन्दापनि ग्राहक पाउन नसकेको गुनासो गरे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका साना-ठूला मन्दिरहरुमा चाडपर्वबाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फूल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ ।

यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठ-मन्दिर दर्शनार्थीका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ । इचङ्गु क्षेत्रसँगै काठमाडौंको दक्षिणकाली छैमले क्षेत्रबाट पनि फूल आउने गर्छ । यस क्षेत्रको किसानको वैकल्पिक आयको स्रोत पनि फूल हो । किसानहरुले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन् । व्यावसायिक रुपमा फूल खेती गर्दै आएका किसानहरु पनि फूल बिक्री नभएपछि चिन्तित छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *