
८ कात्तिक, दाङ । आफ्नै बाबुलाई घरको छतबाट फालेर हत्या गर्ने छोरालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकलाई शनिबार बिहान आफ्नै ४५ बर्षीय बुबा बालाराम बिकलाई घरको छतबाट फालेर हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी सामान्य विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालिदिएका थिए । लगत्तै उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे प्रहरीलाई शनिवार विहान २ बजे खवर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस