
९ कात्तिक, काठमाडौं । ललितपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सिरहा घर भएका २८ वर्षीय इलु घलेको मृत्यु भएको हो । उनी ललितपुरको थकसीखेलमा बस्दै आएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलका पछाडि बस्ने मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय संजित परियार गम्भीर घाइते भएका छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस