समाचार

पोखरामा एकैदिन थप ४ जना कोरोना संक्रमितको मृत्यु

covid 19 dead body

९ कात्तिक, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार विहान दिएको जानकारी अनुसार मृत्यु हुनेमा ३ पुरुष र १ महिला रहेका छन् ।

पोखरा–१ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका ७ बजेर ४५ मिनेटमा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । कोभिड–१९ संक्रमित उनलाई निमोनियाको समेत समस्या रहेको निर्देशनालयले जनाएको छ । असोज ३० गते उपचारका लागि भर्ना गरिएका उनमा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी, पोखरा महानगरपालिका–२२ का ६८ वर्षीय पुरुषको पनि शनिबार बिहान गते ९ः३० मा गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । कोभिड–१९ सहित निमोनियाको समस्या रहेको उनमा कार्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

अर्का मृतक पोखरा महानगरपालिका–३१ का ५८ वर्षीय पुरुष हुन् । उनको शनिबार दिउँसो ४ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारको क्रममा मृत्यु भएको हो । कोभिड–१९ सहित निमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या भएका उनलाई कार्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

निर्देशनालयले दोस्रो विज्ञप्ति जारी गर्दै थप एकको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । अर्का मृतक पनि पोखराकै हुन् ।

पोखरा महानगरपालिका–१५ का ५२ वर्षीय महिलाको शनिबार राति १०ः२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आईसियुमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा शनिबारमात्रै  कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनको शव ब्यवस्थापनको तयारी भरहेको छ भने अन्य तीन जनाको शव व्यवस्थापन भइसकेको जनाइएको छ ।

योसँगै गण्डकी प्रदेशमा मृतकको संख्या ६३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस