९ कात्तिक, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एक जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ ।
यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । हाल सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस