विश्व/प्रवास

अफगानिस्तानमा निजी शैक्षिक संस्थामा आत्मघाती आक्रमण, १८ को मृत्यु

afghanistan school attack

९ कात्तिक, काठमाडौं । अफगानिस्तानको एक निजी शैक्षिक संस्थामा भएको आत्मघाती आक्रमणमा १८ जना मारिएका छन् ।

शिया मुसलमानबहुल दस्त–ए–बार्ची क्षेत्रको उक्त भवनमा सयौं मानिस जम्मा भइरहेका बेला आक्रमण भएको हो । आक्रमणमा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ भने मृत्यु हुनेहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

इस्लामिक स्टेट (आइएस) ले सामाजिक सञ्जालमार्फत् आक्रमणको जिम्मेवारी लिएको छ ।

गृह प्रवक्ता तारिक एरियनले आत्मघाती आक्रमणकारी उक्त भवनमा प्रवेश गर्ने प्रयास गरेको र सुरक्षाकर्मीले चिनेपछि ढोकैमा बिस्फोट गराएको बताएका छन् । स्थानीय बासिन्दाका अनुसार मृत्यु हुनेमा भवनभित्र प्रवेश गर्न पर्खिरहेका विद्यार्थी हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस