
९ कात्तिक, काठमाडौं । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् ।
दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।
यसअघि उनीहरूले मेहेन्दी र हल्दी समारोहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका थिए । उनीहरूले अक्टोबर २२ मा विवाह दर्ता गरेका थिए । विवाह दर्ता गरेको दुई दिन पश्चात् उनीहरूले विवाह गरेका हुन् ।
रिसेप्सन पार्टी भने अक्टोबर २६ मा पन्जाबमा हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस